काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा ब्राजिलले सानदार जित दर्ता गरेको छ।
फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको समूह ‘सी’ को खेलमा हाइटीलाई ३-० गोलले हराउँदै ब्राजिलले सानदार जित निकालेको हो।
ब्राजिलको जितमा म्याथ्युस कुन्हाले दुई तथा भिनियस जुनियरले एक गोल गरे। कुन्हाले २३औँ र ३६औँ तथा भिनियसले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए
पहिलो हाफको इन्जुरी समयमा लुकास पाक्वेटाको लामो पासलाई नियन्त्रणमा लिँदै रियल मड्रिडका स्टार भिनिसियस जुनियरले टोलीका लागि तेस्रो गोल गरे। यो उनको यस प्रतियोगिताको दोस्रो गोल हो।
यससँगै ब्राजिलले दुई खेलमा एक जित र एक बराबरीसहित ४ अंक जोडेको छ ।












