१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिना औषधि उपचार हुने अस्पताल काठमाडौंमा



अ+ अ-

काठमाडौं । योग तथा प्राकृतिक चिकित्सा सेवा दिने उद्देश्यले यहाँ ‘काठमाडौँ नेचुरोपेथी अस्पताल’ सञ्चालनमा आएको छ । सो अस्पतालमा आधुनिक प्रविधिको माध्यमबाट बिना शल्यक्रिया र बिना औषधि उपचार गरिने अस्पतालका स्वास्थ्य निर्देशक डा यञ्जन गैरेले जानकारी दिनसभयो ।

अस्पतालमा औषधिविहीन चिकित्सा पद्धति प्राकृतिक चिकित्सा, योगथेरापी, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, भोजन परामर्शका साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिने छ । अन्तरङ्ग सेवा, बहिरङ्ग सेवा, ल्याब, अतिविशिष्ट आवास कक्ष रहेको उक्त अस्पतालमा बिरामीमैत्री, शान्त तथा पारिवारिक वातावरणमा दक्ष, अनुभवी तथा विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिष्ट, नेचुरल थेरापिष्टलगायतबाट बिरामीको उपचार गरिने अस्पतालका अध्यक्ष गणेश पाण्डेले बताउनुभयो । बिरामीलाई मात्रै नभई निरोगीलाई समेत दीर्घजीवी रहनका लागि सो अस्पतालले ‘व्यवस्थित जीवनशैली क्लिनिक’ शुरु गरेको छ ।