६ असार २०८३, शनिबार
,
Latest
कामपाको बजेट पूर्वाधार योजना, विद्यालय शिक्षा केन्द्रित शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेशण गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम  ‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा



अ+ अ-

तेहरान। इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानका गृहमन्त्री मोहसिन नाक्वीले शनिबार इरानको भ्रमण गर्नुभएको छ ।

मध्यपूर्वमा युद्ध अन्त्य गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेपछि तेहरान र वासिङ्टनबीच शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने तय भएको थियो तर समझदारी पत्रमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सबाट नै र इरानी राष्ट्रपति मसुद पेजेस्कियानले तेहरानबाट विद्युतीयप्रतिमा हस्ताक्षर गरेपछि पछिल्लो वार्ता स्थगित भएको थियो ।

तस्निमसहित इरानी सञ्चारमाध्यमका अनुसार पाकिस्तानका गृहमन्त्री नाक्वी शनिबार उत्तरपूर्वी शहर मशहादमा अवतरण गर्नुुभएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले यसअघि आइएसएनएलाई दिएको जानकारीअनुसार पाकिस्तानका गृहमन्त्री शनिबार दिउँसो इरान पुग्नुहुने बताउनुभएको थियो ।

भ्रमणका क्रममा नक्वीले आफ्ना इरानी समकक्षी एस्कान्दर मोमेनी र विदेशमन्त्री अब्बास अराघचीसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ ।

तेहरान र वासिङ्टनबीच पाकिस्तानले प्रमुख मध्यस्थकर्ताको रुपमा रहेको र यसै साता घोषणा गरिएको सम्झौताको तयारीमा कतार पनि सामेल भएको छ ।

फेब्रुअरी २८ मा अमेरिका–इजरायली गठबन्धनले गरेको आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी र कैयौँ वरिष्ठ सैन्य कमान्डरको मृत्यु भएको थियो ।

इरानले क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफी कारबाही गर्यो जसले अप्रिलमा भएको युद्धविरामअघि यस क्षेत्रका देशहरूलाई युद्धमा तानेको थियो ।

इरानले संयुक्त राज्य अमेरिकासँग शत्रुता अन्त्य गर्न एक सम्झौतामा बिहीबार हस्ताक्षर गरेको छ, जसको उद्देश्य इरानको लामो समयदेखि विवादित आणविक कार्यक्रम समावेश गर्ने बृहत् सम्झौतामा थप वार्ता गर्नु हो । (रासस/एएफपी)