६ असार २०८३, शनिबार
,
Latest
कामपाको बजेट पूर्वाधार योजना, विद्यालय शिक्षा केन्द्रित शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेशण गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम  ‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध



अ+ अ-

म्याड्रिड । स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई भ्रष्टाचार मुद्दामा कानुनी सुनुवाइका लागि आदेश दिएको छ ।

अदालतले उहाँलाई देश छोड्न प्रतिबन्धसमेत लगाएको छ । शनिबार जारी अदालती आदेशमा न्यायाधीश जुआन कार्लोस पेइनाडोले गोमेजलाई पासपोर्ट बुझाउन र फैसला नआउँदासम्म महिनामा दुई पटक अदालतमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।

अदालतले ‘गोमेजले देश छोड्न नपाउने प्रतिबन्ध पालना गराउन सबै सीमा चौकी तथा नागरिक र सैन्य विमानस्थललाई निर्देशन जारी गरिने’ बताएको छ । यो राजनीतिकरूपमा अत्यन्त संवेदनशील मुद्दाको सुनुवाइको मिति अझै तोकिएको छैन । न्यायाधीश पेइनाडोले अप्रिलमा गोमेजलाई भ्रष्टाचार, ठूला कारोबार, व्यापारिक सम्बन्धमा भ्रष्टाचार र सार्वजनिक कोषको दुरुपयोगको औपचारिक आरोप लगाउनुभएको थियो ।

उहाँले २०२४ को अप्रिलमा गोमेजले प्रधानमन्त्रीकी श्रीमतीको हैसियत प्रयोग गरेर निजी फाइदा लिएको वा नलिएको भन्ने विषयमा अनुसन्धान सुरु गर्नुभएको थियो । गोमेज र प्रधानमन्त्री सान्चेज दुवैले आरोप अस्वीकार गर्दै आएका छन् । मुद्दा म्याड्रिडको कम्प्लुटेन्स विश्वविद्यालयमा गोमेजले सह-निर्देशन गरेको एक पदको स्थापना तथा व्यवस्थापन र सार्वजनिक स्रोत तथा व्यक्तिगत सम्बन्धलाई निजी हितमा प्रयोग गरेको आरोपमा केन्द्रित छ ।

गोमेजले आरोपको खण्डन गर्दै निरन्तर कुनै गल्ती नगरेको दाबी गर्नुभएको छ । प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीमाथिका आरोपलाई दक्षिणपन्थी शक्तिले सरकारलाई कमजोर पार्ने प्रयास भनेका छन् । विपक्षी दलले भने यस मुद्दालाई लिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । यो मुद्दा दक्षिणपन्थी सम्बन्धित एक भ्रष्टाचार विरोधी समूहले दायर गरेको उजुरीबाट सुरु भएको हो । यो घटना समाजवादी नेताको परिवार र पूर्व सहयोगीसँग जोडिएका विभिन्न भ्रष्टाचार प्रकरण मध्ये एक हो, जसले सान्चेजको अल्पमत गठबन्धन सरकारलाई ठूलो दबाब दिइरहेको छ । रासस/एएफपी