७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बराबरीमा टुंगियो कुरासाओ र इक्वेडरबीचको खेल



अ+ अ-

काठमाडौं। फिफा विश्वकपमा समूह चरणको दोस्रो खेलमा क्युरासाओ र इक्वेडरबीच बराबरी भएको छ ।

निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलमा पाँच मिनेट अतिरिक्त समय थपिएको थियो । तर थपिएको समयमा पनि कुनै टोलीले गोल गर्न नसकेपछि खेल ०–० को बराबरीमा सकिएको हो ।

यसअघि समूह चरणको पहिलो खेलमा दुवै टोली पराजित भएका थिए । क्युरासाओ जर्मनीसँग ७-१ ले पराजित भएको थियो भने इक्वेडर आइभरीकोस्टसँग १-० ले पराजित भएको थियो । नतिजा बराबरी भएसँगै दुवै टोलीले १-१ अंक जोडेका छन् ।