७ असार २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २१ जना घाइते रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग



अ+ अ-

काठमाडौँ। माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा व्यवस्थापन, पुनर्योग (रिचेकिङ) तथा उत्तरपुस्तिका संरक्षण प्रक्रियामा देखिएका प्राविधिक र व्यवस्थापकीय कमजोरीप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेविसंघले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले नतिजा छिटो सार्वजनिक गर्ने प्रयास सकारात्मक भए पनि पर्याप्त परीक्षण र प्रमाणीकरणबिना हतारमा नतिजा प्रविष्टि गर्दा हजारौँ विद्यार्थीको वास्तविक शैक्षिक मूल्याङ्कन प्रभावित भएको जनाएको हो।

विज्ञप्तिअनुसार हालसम्म पुनर्योगको नतिजा प्राप्त गरेका विद्यार्थीमध्ये ५.६३ प्रतिशत अर्थात् १ हजार ५ सय ५९ भन्दा बढीको ग्रेडमा उल्लेखनीय परिवर्तन भएको छ। कतिपय अवस्थामा उत्तरपुस्तिकामा ७० अंक प्राप्त गरेका विद्यार्थीको प्राप्ताङ्क कम्प्युटरमा त्रुटिवश ७ अंक मात्र प्रविष्ट भएको तथा सुरुमा अनुत्तीर्ण घोषित भएका विद्यार्थीले पुनर्योगपछि २.० सम्म जीपीए प्राप्त गरेको नेविसंघले उल्लेख गरेको छ।

नेविसंघका अनुसार प्रारम्भिक नतिजा संकलन र डाटा प्रविष्टिमा देखिएको प्राविधिक असावधानीका कारण पुनर्योगका लागि आवेदन दिएका करिब १ हजार विद्यार्थीको उत्तरपुस्तिका फेला नपरेको छ। यसका कारण उनीहरूको नतिजा प्रकाशनमा ढिलाइ हुँदा विद्यार्थीहरू मानसिक तनाव र शैक्षिक भविष्यप्रति अन्योलमा परेको संघको भनाइ छ।

एसइई परीक्षा विद्यार्थीको उच्च शिक्षाको आधार भएकाले यस्ता कमजोरीले सार्वजनिक परीक्षा प्रणालीको विश्वसनीयता र शैक्षिक सुशासनमाथि प्रश्न उठाएको नेविसंघले जनाएको छ। वास्तविक संशोधित नतिजा नै थाहा नपाई विद्यार्थीहरूलाई ग्रेडवृद्धि (पूरक) परीक्षामा सहभागी हुनुपर्ने वा कक्षा ११ को भर्ना प्रक्रियाबाट वञ्चित हुनुपर्ने अवस्था अन्यायपूर्ण भएको संघको ठहर छ।

यसै सन्दर्भमा नेविसंघले राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग हराएका उत्तरपुस्तिकाको तत्काल खोजी गरी रोकिएका सम्पूर्ण नतिजा सार्वजनिक गर्न माग गरेको छ।

साथै, आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन डाटा प्रविष्टि प्रणालीलाई थप विश्वसनीय बनाउने, डिजिटल लेजर प्रणाली लागू गर्ने तथा उत्तरपुस्तिका सुरक्षित भण्डारण व्यवस्थापनमा व्यापक सुधार गर्न पनि नेविसंघले आग्रह गरेको छ।