१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ सयभन्दा बढी बोट गाँजा फडानी



अ+ अ-

सप्तरीको बोदेबरसाइन नगरपालिकाकास्थित खेतबारीमा अवैधरूपमा लगाइएका ७०० बोट गाँजा बिहीबार फडानी गरिएको छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बोदेबरसाइन, इलाका प्रहरी कार्यालय कडरबोना र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्टबाट खटिएको संयुक्त टोलीले बोदेबरसाइन नगरपालिकाको वडा नं २, ३ र ५ मा लगाइएको गाँजाखेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।

खेतबारीमा अवैधरूपमा लगाइएको ७०० बोट गाँजा फडानी गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए। यस्तै सप्तरीको पूर्वी भेगमा रहेको कञ्चनरुप नगरपालिका–९ स्थित विष्णु मन्दिर टोलमा लगाएको १५० गाँजाको बोट पनि प्रहरीले फडानी गरी नष्ट गरिएको छ ।

उक्त गाँजाको बोटलाई बुद्धिजीवी, स्थानीयवासी र सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।