१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-द अफ्रिका टेस्टः राेहित शर्माकाे दाेहाेराे शतक, अफ्रिकाकाे खराब शुरूवात



अ+ अ-

काठमाडाैंः भारत र दक्षिण अफ्रिकाबीच भारतकाे राँचीमा जारी तेस्राे तथा अन्तिम टेस्ट क्रिकेटमा राेहित शर्मा र अजिन्क्या रहाणेकाे शतकका कारण भारतले सुदृढ प्रदर्शन गरेकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेकाे भारतले ९ विकेटकाे क्षतिमा ४९७ रन बनाइ पाली समाप्तिकाे घाेषणा गरेकाे छ ।

राेहितकाे शतकमा खुशी साटासाट गर्दै राेहित र अजिन्क्य । तस्वीरः एएनअाइ

भारतका लागि राेहित शर्माले दाेहाेराे शतक प्रहार गरेका छन् । उनले ६ छक्का र २८ चाैकाकाे मद्दतले व्यक्तिगत २१२ रन बनाएका थिए ।

साथै क्रिजमा राेहितलाइ राम्राे साथ दिएका अजिन्क्या रहाणेले पनि ११५ रनकाे पाली खेलेका थिए । उनले १ छक्का र १७ चाैका प्रहार गरेका थिए ।

भारतका लागि रविन्द्र जडेजाले पनि ५१ रन बनाएका थिए ।

तीन टेस्टकाे यस शृंखलामा भारतले यसअघिका दुबै खेल जितेकाे छ । शृंखला पूरै कब्जा गर्ने तयारीका साथ मैदानमा उत्रेकाे भारतले द अफ्रिका विरूद्ध कसिलाे बलिङ पनि गरेकाे छ ।

दाेस्राे दिन ५ अाेभर ब्याटिङ गरेकाे द अफ्रिकाले ९ रनमै २ विकेट गुमाइ सकेकाे छ । प्रारम्भिक ब्याट्सम्यान डिन एल्गर माेहम्मद शामीकाे बलमा शून्यमै अाउट भएका थिए भने क्वीन्टन डी कक पनि उमेश यादवकाे बलमा ४ रन बनाएर बाहिरिएका छन् ।

क्रिजमा जुबेर हाजमा र कप्तान फाफ डु प्लेसिस छन् ।

द अफ्रिका अझै भारतभन्दा ४८८ रनले पछि छ ।

एजेन्सीकाे सहयाेगमा