१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफैं अदालतमा उपस्थित भएका सांसद् गुरुङ साधारण तारेखमा रिहा



अ+ अ-

काठमाडौं । आइतबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका सांसद् पार्वत गुरूङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ । सांसद गुरुङलाई दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोशिश गरेको अभियोगमा पक्राउ पुर्जी जारी गरिएको थियो । गुरुङविरुद्ध गत वैशाखामा मुद्दा दर्ता गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय, काठमाडौंले उनी फरार रहेको भन्दै जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्न माग गरेको थियो। जसअनुसार, जिल्ला अदालतले असोज ८ गते पक्राउ पुर्जी जारी गरेको थियो।

प्रहरीले पक्राउ गर्ने भएपछि उनी आफै अदालतमा उपस्थित भएका हुन्।