१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुबी भ्यालीमा एक पर्यटकको मृत्यु



अ+ अ-

धादिङ । धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा एक पर्यटकको मृत्यु भएको छ । हिजो टेन्टमा सुतेका अष्ट्रियाका ७० वर्षिया विल्हियम विहिण्डरको टेन्टमा सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

पदयात्राका लागि आएका पर्यटकको अत्यधिक चिसाको कारण बास बसेकै स्थानमा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । प्रहरी उपरीक्षक राजकुमार वैदवार सदरमुकामबाट हेलिकोप्टर लिएर घटनास्थलतर्फ जानु भएको छ । घटनास्थल रुबीभ्यालीको सेर्तुङ प्रहरीचौकीबाट १० घण्टाको पैदल दुरीमा रसुवा जिल्लाको सीमा नजिकै पर्दछ ।