१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमबिबिएस र बिडिएसमा बृद्धि गरेको शुल्क खारेज विद्यार्थी संगठनको माग



अ+ अ-

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएसमा बृद्धि गरेको शुल्क खारेज गर्न नौ विद्यार्थी संगठनले माग गरेका छन्।

आइतबार अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय गौशालामा बैठकले तत्काल विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता गर्न पनि माग गरिएको छ। ‘अहिले सरकारले मेडिकल कलेजहरूमा बढाएको शुल्क तत्काल खारेज गरेर व्यवस्थित गरियोस्। अन्यथा कडा संघर्षमा जाने चेतावनी दिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।

नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जिवी ढकाल, अनेरास्ववियु पाँचौंका अध्यक्ष घनश्याम मिश्र, अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रविण मिश्र, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष चिरञ्जिवी यादव, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्मा सहभागी बैठकले कात्तिक २० गते अन्तर्क्रिया कार्यक्रम पनि गर्ने निर्णय गरेको छ।