२४ जेष्ठ २०८३, आईतवार
,
Latest
न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहिनीको बिहेमा रोएको भन्दै दाजुलाई कारबाही



अ+ अ-

काठमाडौं । विवाह गरेर छोरीचेली अन्माउँदा माइतीपक्ष रुने गर्दछन् । विवाहपछि चेली अन्माउँदा कतिपय दाजुभाई आफ्नो आँसु रोक्न सक्दैनन् ।

स्वभाविक पनि हो, बर्षौं आफूले हुर्काएको छोरीचेली पराई घरमा बिदा गर्दा कुन माइतीको आँसु रोकिएला र रु तर विश्वमा यस्तो देश पनि छ जहाँ चेली अन्माउँदा रोएको भन्दै माइतीलाई कारबाही भएको छ ।

रुसको चेचेन्या भन्ने स्थानमा बहिनीलाई अन्माउँदा रोएको भन्दै उनका दाजुलाई कारबाहीसहित सजाय दिइएको छ । बहिनीको बिवाहमा मन थाम्न नसकेर रुएको अभियोगमा ती बहिनीका दाजुलाई सार्वजनिक रुपमा माफी मगाईं सजाय दिइएको हो ।

एक साता अघि एक भाइरल भिडियोमा बहिनीको बिवाहको अन्तिम समयमा दाजु रोएको देखेपछि माफी मगाइएको थियो । खासमा रुसको चेचेन्यामा विवाहमा रुनु त्यहाँको परम्परा विपरित मानिन्छ ।

चेचेन्याका स्थानीयले भाइरल भिडियोमा दाजु रोएको देखेपछि त्यस उपर कारबाहीको माग गरेका थिए । उनीहरुको मागपछि त्यस बिषयमा ठूलो विवाद भयो । अन्ततः स्थानीय धार्मिक नेताले उनलाई रोएकोमा माफी माग्नु पर्ने आदेश सुनाए ।

बिहेको बेला रुनु चेचेन्याको परम्पराको विपरीत भएको र ती दाजुले त्यसको उल्लंघन गरेको धार्मिक नेताको ठहर थियो । चेचेन्यामा हुने विवाहको अझ रोचक कुरा के छ भने बहिनीको बिहेमा दाजु जान पाउँदैनन् । तर यहाँ त दाजु जाने मात्र होइन वहिनीको विवाहमा गई रोइदिएपछि त यसले चेचेन्याको नियमको घोर उल्लंघन गरेको ठहर भयो । फलस्वरुप ती दाजुले रोएकोमा सार्वजनिक माफी मागे । त्यसपछि उक्त घटनाबारे बहस सकिएको छ ।