९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरका चार खाद्य उद्योगमा अनुगमनपछि उत्पादन रोक्का, लाखौँ मूल्यका सामग्री नष्ट



अ+ अ-

काठमाडाैँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले कञ्चनपुर जिल्लाका विभिन्न खाद्य उद्योग तथा व्यवसायहरूमा स्थलगत अनुगमन गरी कारबाही गरेको छ। असार ८  गते गरिएको अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मापदण्ड उल्लङ्घन गरेको पाइएपछि केही उद्योगको उत्पादन रोक्का गरिएको छ भने लाखौँ मूल्य बराबरका खाद्य सामग्री नष्ट गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा सितल ग्रुप, दोधरा चाँदनी–९ मा पिउने पानीका लागि पुरानो तथा कुच्चिएको जार प्रयोग गरिएको पाइएको थियो। उक्त अनियमितता भेटिएपछि उत्पादन स्थलको सरसफाइ गर्न र उत्पादकले पूरा गर्नुपर्ने दायित्व पूरा गर्न निर्देशन दिइएको छ।

त्यस्तै लक्की जुस एण्ड खड्का बेभरेज इन्डस्ट्रिज, दोधरा चाँदनी–८ ले अनुमतिपत्र बिना फ्लेभर्ड ड्रिङ्क्स प्लास्टिकको पाउचमा उत्पादन गरेको पाइएपछि उद्योग शिलबन्दी गरी तत्काल उत्पादन रोकिएको छ। साथै अनुमतिपत्र प्रक्रियामा तुरुन्त जान निर्देशन दिइएको छ। सोही क्रममा ५० मिलिलिटरका ४,३०० प्याकेट (करिब रु. २१,५०० बराबर) फ्लेभर्ड ड्रिङ्क नष्ट गरिएको छ।

कल्पना बेकरी उद्योग, दोधरा चाँदनी–८ मा खाद्य स्वच्छता तथा सरसफाइ कायम नगरी पत्रिकामा केक तयार गरिएको पाइएपछि १२ किलोग्राम केक नष्ट गरिएको छ। उद्योगलाई उत्पादन स्थल सरसफाइ गर्न तथा आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ।

यसैगरी तिलक फुड्स, भीमदत्त–१२ ले पनि अनुमतिपत्र बिना फ्लेभर्ड ड्रिङ्क्स उत्पादन गरेको पाइएपछि उद्योग शिलबन्दी गरी तत्काल उत्पादन रोकिएको छ। उक्त उद्योगलाई पनि अनुमतिपत्र प्रक्रियामा जान निर्देशन दिइएको छ। साथै ५० मिलिलिटरका ७,५०० प्याकेट (करिब रु. ३७,५०० बराबर) फ्लेभर्ड ड्रिङ्क नष्ट गरिएको छ।