२४ जेष्ठ २०८३, आईतवार
,
Latest
कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला लगानीकर्ताले घटाए करिब आठ अर्ब सेयर कर्जा, सानाले पाए एक अर्ब थप ऋण



अ+ अ-

सेयर धितो कर्जामा साना लगानीकर्ताहरूको पहुँच अभिवृद्धि गर्ने भन्दै सीमासहित ल्याइएको व्यवस्थाको प्रभाव देखिन थालेको छ । चालू आवको मौद्रिक नीतिले एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन सक्ने व्यवस्था गरेको थियो । 

८ भदौमा नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएपछि सेयर धितो कर्जामा कमी आउन थालेको छ । गत साउनसम्म असार अन्त्यको तुलनामा सेयर धितो कर्जा २ प्रतिशतले बढेर कुल एक खर्ब आठ अर्ब रुपैयाँ कर्जा लगानी भएको थियो । तर, कात्तिकमा यस्तो कर्जा असारको तुलनामा चार प्रतिशतले घटेर एक खर्ब एक अर्ब रुपैयाँमा सीमित भएको छ । 

सेयर लगानीकर्ताको चर्को विरोधका कारण यस्तो व्यवस्था हट्ने हल्लाले साउनमा ठूला ऋणी लगानीकर्ताहरू पर्ख र हेरमै रहेको देखिन्छ । यही कारण साउनमा एक करोडमाथि कर्जा लिएकाको कर्जा मात्रै एक करोड ६५ लाख रुपैयाँले घटेको थियो । तर, त्यसपछि भने समग्रमा कर्जा रकम घटे पनि ठूलो आकारका कर्जामा मात्रै कमी भएको देखिन्छ । साना आकारको कर्जामा भने लगानी बढेको देखिन्छ । यसको अर्थ साना लगानीकर्ता वास्तवमै राष्ट्र बैंकको नीतिले लाभान्वित हुन थालेका छन् । 

‘अहिले ठूलो रकमको ऋण लिन सक्ने अवस्था बनेन, हामीले पनि कर्जा घटाउँदै लगेका छौँ,’ ठूला सेयर लगानीकर्ता निर्मल प्रधानले भने, ‘तर, अहिले ठूलाले मात्रै होइन, साना लगानीकर्ताले पनि सेयर बिक्री गरेरै ऋण तिर्ने अवस्था आएको छ ।’ प्रधानले दाबी गरेजस्तो साना लगानीकर्ताले समेत ऋण घटाइरहेको भने तथ्यांकहरूबाट देखिँदैन । 

असारयता एक करोडमाथिको कर्जा रकम करिब ११ प्रतिशतले घटेको छ भने ५० लाखदेखि एक करोडसम्मको कर्जा करिब ८ प्रतिशतले कमी आएको छ । २५ लाखदेखि ५० लाखसम्मको कर्जा १२ दशमलव ३ प्रतिशत र २५ लाख रुपैयाँसम्मको कर्जा १६ प्रतिशतसम्म बढेको छ । एक करोडमाथि लिनेको ७ अर्ब ८४ करोड रकमको कर्जा घटेर ६५ अर्ब ६८ करोडमा सीमित भएको हो । ५० लाखदेखि एक करोड लिनेले ६८ करोड थप कर्जा पाएर कुल १२ अर्ब ७० करोड पाएका छन् । २५ देखि ५० लाखसम्म लिनेले एक अर्ब ६४ करोड रुपैयाँसम्म थप पाएर कुल १५ अर्ब कर्जा पाएका छन् । त्यस्तै, २५ लाखभन्दा कम पाउनेले भने एक अर्ब १७ करोड थप कर्जा पाएसँगै कुल कर्जा ८ अर्ब ५५ करोड पुगेको छ । 

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सीमाभन्दा बढी लिएका सबै ऋणीको कर्जा रकम ०७९ असारसम्ममा तोकिएको सीमाभित्र ल्याइसक्न निर्देशन दिएको छ । करिब ६ जना सेयर लगानीकर्ता ऋणीले एक अर्बभन्दा बढी रकमको यस्तो कर्जा लिएको चर्चा यसअघिदेखि चलेको थियो । 

(नयाँपत्रिका दैनिकमा विजयराज खनालकाे रिपाेर्ट)