काठमाडौँ। नेकपा (एमाले) को सचिवालय बैठक मंगलवार साँझदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको छ ।
पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीपछि उत्पन्न परिस्थितिको समीक्षा र आगामी रणनीति तय गर्न बैठक केन्द्रित रहेको बताइएको छ ।
यसअघि मंगलवार नै पार्टी मुख्यालय च्यासलमा एमाले संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले उपाध्यक्ष पौडेलको पक्राउलाई सरकारको अपमानजनक कार्य भन्दै आपत्ति जनाएको छ ।
पार्टीका प्रमुख सचेतक ऐनबहादुर महरकाअनुसार संसदीय दलले यस गिरफ्तारीलाई गैरन्यायिक र विधिको शासनविपरीत ठहर गरेको छ ।
एमालेले उपाध्यक्ष पौडेललाई विना शर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ ।
जारी सचिवालय बैठकले संसदीय दलको निष्कर्ष र वर्तमान राजनीतिक अवस्थालाई मध्यनजर गर्दै पार्टीको आधिकारिक धारणा र भावी योजनाहरू तय गर्नेछ । –न्युज एजेन्सी नेपाल
















