१० असार २०८३, बुधबार
,
Latest
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति



अ+ अ-

सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ गोला बजारमा रहेको वाङखोला लघु जलविद्युत् आयोजनामा पहिरो खस्दा विभिन्न उपकरणहरू पूर्णरूपमा क्षति भएको छ ।

आइतबार राति अविरल वर्षासँगै आएको बाढीले वाङखोला लघु जलविद्युत् आयोजनाको मुहान इन्टेक पूर्णरूपमा क्षति हुँदा विद्युत् अवरुद्ध हुनुका साथै लाखौँको क्षति भएको छ ।

बाढीले वाङखोला लघु जलविद्युत् आयोजनाको इन्टेक, ९० मिटर पाइप र ग्याविन वाल, तार जाली बगाएर क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताउनुभयो ।

पहिरोका कारण विद्युत् अवरुद्ध हुनुका साथै लाखौँको क्षति भएको छ । त्यसैगरी पहिरोका कारण मकालु गाउँपालिका–१ मा पहिरोका कारण झोलुङ्गे पुल, काठेपुल र पानी घट्टामा क्षति पुगेको मकालु–१ का वडाध्यक्ष आङबाबु शेर्पाले बताउनुभयो । रासस