९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले अम्लेट खाँदा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना



अ+ अ-

चितवन। गृहमन्त्री सुधन गुरुङले अम्लेट खाने क्रममा माछाको काँडा भेटिएको भरतपुरस्थित लर्ड्स बिजनेस कम्प्लेक्स होटल प्रालिलाई जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

चितवनको लड्स प्लाजा होटलमा गृहमन्त्रीले  अमलेट खाने क्रममा माछाको हड्डी  भेटिएपछि होटलका भान्सेहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको हो ।

गृहमन्त्री गुरुङको सचिवालयले  खाद्य विभागले अखाद्य वस्तुको विषयमा होटल सञ्चालक टिमसँग सामान्य सोधपुछ मात्र गरिएको र कुनै पनि कर्मचारीलाई  पक्राउ नगरिएको जानकारी दिएको छ ।