१० असार २०८३, बुधबार
,
Latest
वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवन नहुँदा सेवा प्रवाहमा समस्या



अ+ अ-

बैतडी । स्थानीय तहमा जनप्रतिनिधि आएको अढाइ वर्ष बित्दा पनि आफ्ना भवन नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् ।

दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाबाहेकका स्थानीय तहले भाडाकै भवनबाट सेवा दिइरहेका छन् । भाडाका भवन सोचेअनुसारका नपाइने हुनाले सेवाप्रवाहमा कुनै न कुनै रूपमा समस्या भइरहेको सुर्नया गाउँपालिकाका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । विद्यालयको भवन मर्मत गरेर कार्यालय सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । भवन अभावमा गाउँपालिकाका सबै विषयगत शाखालाई व्यवस्थित गर्न नसकिएको उहाँको भनाइ छ ।

यस्तै डिलाशैनी गाउँपालिकाले वडा नं ३ पङसेरामा महादेव माविको भवन मर्मत गरेर सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको छ । केन्द्र तोकेको ठाउँमा भवन नहुँदा सम्पर्क कार्यालयबाट सेवा दिइरहेको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिनुभयो ।

सिगास गाउँपालिकाको केन्द्र गर्जेमा भाडामा समेत भवन नपाउँदा गाउँपालिका आफैँले भवन निर्माण गरिरहेको गाउँपालिका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिनुभयो । एकतला निर्माण गरेर कार्यालय सञ्चालन गरिएको र अर्को तला निर्माणको काम जारी रहेको उहाँले बताउनुभयो ।

यस्तै पुरचौडी नगरपालिकामा पनि भवन अभाव छ । भवन नहुँदा सेवाप्रवाहमा समस्या भइरहेको जनाइएको छ । पञ्चेश्वर गाउँपालिकामा पनि आफ्नै भवन नहुँदा समस्या रहेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । दोगडाकेदार गाउँपालिकाले पनि क्याम्पसको भवन मर्मत गरेर कार्यालय सञ्चालन गरिरहेको छ ।




भर्खरै