१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

असहायको उद्धारमा झापाकाे मानवसेवाश्रम सक्रिय



अ+ अ-

काठमाडाैँ । झापाकाे मानवसेवा आश्रम असहायहरूको उद्धार र उपचारमा सक्रिय छ । निःसहायहरूलाई अस्पताल पुर्याउन तथा सडकमा वेवारिस भएकाको उद्धार गर्न दाताको दानबाट एउटा जिप खरिद गरिएको छ ।

मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित आश्रमको झापा शाखामा हाल १०३ जना वृद्धवृद्धा आश्रित छन् । सडक मानव र सहयोगापेक्षीहरूलाई उद्धार गरी आश्रममा ल्याउन र आश्रममा रहेकाहरूलाई अस्पताल लैजान रु ३५ लाखमा जिप खरिद गरिएको हो ।

जिप किन्न दाताले रु १६ लाख ३७ हजार ५५० प्रदान गरेका तथा बाँकी रकम अन्य माध्यमबाट व्यवस्थापन गरिएको आश्रमका संयोजक खगेन्द्र विश्वकर्माले बताउनुभयो ।

यसअघि आश्रमले उद्धार एवं उपचारका लागि एम्बुलेन्स र अन्य सवारीसाधन भाडामा लिने गरेको थियो । आश्रम बनाउन स्थानीय रामबहादुर र लक्ष्मी प्रधानले दुई बिघा १० कट्ठा जग्गा दान गर्नुभएको थियोभने भवन निर्माणमा रु एक करोड खर्च भएको जनाइएको छ ।