१० असार २०८३, बुधबार
,
Latest
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न रास्वपा महाधिवेशन: तातेको निर्वाचन माहोल- फोटो फिचर छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन



फाइल फोटो
अ+ अ-

काठमाडौं । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा रु ६५ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमध्ये वन क्षेत्रको रोयल्टीमार्फत र ९३ हजार ४००, बेरुजुबाट रु चार लाख ७५ हजार ५८१, अन्य प्रशासनिक सेवाशुल्कबापत रु नौ हजार १७५ र अन्य आयमार्फत रु ५९ लाख ६३ हजार १५० राजस्व सङ्कलन भएको वन अधिकृत तेजेन्द्र रावलले जानकारी दिनुभयो ।

कार्यालयले पछिल्लो समय वनको संरक्षण तथा वन अवरोध नियन्त्रणमा काम गर्दै आएको छ । वन डढेलो नियन्त्रण नौ पटक, स्वचालित हाते आरा सूचीकृत एक वटा, फर्निचर उद्योग अनुगमन नियमन ३३ पटक र सामुदायिक वन कार्ययोजना नवीकरण सङ्ख्या १९ रहेको वन अधिकृत रावलले जानकारी दिनुभयो ।

सोही अवधिमा करिब जिल्लाबाट ३१ लाख एक हजार ८१३ किलो जडीबुटी निकासी (छोडपुर्जी) भएको छ । जिल्लाभर पाँच हेक्टर वनक्षेत्रको अतिक्रमण रोकथाम गरिएको छ ।

जिल्लाका आठ स्थानीय तहमा ४६ वनको नयाँ कार्ययोजना बनाएर काम भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रकाश देवकोटाले जानकारी दिनुभयो । जिल्लामा सामुदायिक वनको सङ्ख्या २०६ वटा छन् । एक सय २७ कबुलियती र छ वटा निजी वन रहेका छन् ।