१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

“अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्छ”



अ+ अ-

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको समृद्धि सुदूरपश्चिमतिर केन्द्रित हुनुपर्ने बताउनुभएको छ । धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले सुदूरपश्चिम प्रदेश विगतमा पनि पछाडि परेकाले अब विकास निर्माणको काम यतातिर बढी केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर निर्वाचनपछि विकास र समृद्धितिर गइसकेकाले सुदूरपश्चिममा अलि बढी केन्द्रित हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्री र आफूबीच कुनै कुराकानी नभएको स्पष्ट पार्दै मन्त्री परिवर्तन प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको उल्लेख गर्नुभयो । अध्यक्ष प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्री र आफ्नो विषयमा कुरा हुँदा मन्त्रीहरु हेरफेर गर्ने विषयमा कुनै छलफल भएको छैन ।’’




भर्खरै