११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लाका आठवटै स्थानीय तहले ल्याए बजेट



अ+ अ-

जुम्ला। जुम्लाका आठवटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

जिल्लामा रहेका एक नगरपालिकासहित सात गाउँपालिकाले बुधबार एकैसाथ बजेट सर्वजनिक गरेका हुन् ।

यहाँको चन्दनाथ नगरपालिकाले रु ५९ करोड ४६ लाख ७१ हजार बजेट सार्वजनिक गरेको छ । तातोपानी गाउँपालिकाले रु ५४ करोड २८ लाख आठ हजार, पातारासी गाउँपालिकाले रु ४५ करोड ४६ लाख छ हजार र तिला गाउँपालिकाले रु ५० करोड ५१ लाख ७१ हजार बजेट ल्याएका छन् ।

यसैगरी, हिमा गाउँपालिकाले रु ४३ करोड ७९ लाख ६६ हजार, सिँजा गाउँपालिकाले रु ४५ करोड ४८ लाख १८ हजार र कनकासुन्दरी गाउँपालिकाले रु ४५ करोड १२ लाख ७७ हजार बजेट ल्याएका छन् । गुठीचौर गाउँपालिकाले असार ९ गते रु ३८ करोड ३६ लाख ८३ हजार बजेटसहित नीति तथा कार्यक्रम ल्याएको थियो ।

तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले प्रस्तुत गर्नुभएको बजेटमा संस्थागत सुदृढीकरण र सुशासन, दिगो पूर्वाधार तथा सहरी विकास, कला, संस्कृति, सम्पदा संरक्षण र संवद्र्धन, सुलभ आधारभूत स्वास्थ्य सेवा तथा नगरवासीको जीवन रक्षा, रोजगारमूलक एवं स्तरीय आधारभूत शिक्षालाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । रासस