११ असार २०८३, बिहीबार
,
Latest
श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागूऔषध कारोबारमा संलग्न पक्राउ



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६ जना लागूऔषध कारोबारमा संलग्नलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उपत्यकाबाट १६९, कोशी प्रदेशबाट २१२, मधेस प्रदेशबाट ७३, बागमती प्रदेशबाट १३७, गण्डकी प्रदेशबाट ४६, लुम्बिनी प्रदेशबाट १८२, कर्णाली प्रदेशबाट ५२, सुदूरपश्चिम प्रदेशबाट ११५ तथा लागूऔषध नियन्त्रण ब्यूरोले ५० जना पक्राउ गरेको हो ।

सो अवधिमा प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध बरामद गरेको छ । लागूऔषध कारोबारलगायतका आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरीले प्रभावकारी रूपमा कदम चाल्दै आएको  छ ।

यस्तै, प्रहरीले गत जेठ महिनामा देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले १७, काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ३२६, कोशी प्रदेशबाट  ३०५, मधेस प्रदेशबाट ५३९, बागमती प्रदेशबाट ३६०, गण्डकी प्रदेशबाट १३२, लुम्बिनी प्रदेशबाट ३२०, कर्णाली प्रदेशबाट ६३ तथा सुदूरपश्चिम प्रदेशबाट १२० जना पक्राउ परेका थिए ।

कर्तव्य ज्यान, लागूऔषध, जबरजस्ती करणी, बैङ्किङ कसुर, ठगीलगायतका मुद्दामा फैसला ठहर भई फरार रहेका प्रतिवादी पक्राउ गर्न प्रहरीले विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ । रासस