१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमारबाटै राष्ट्रपति भण्डारी जापान जाने



अ+ अ-

काठमाडौं । म्यानमारमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापानको तीन दिने औपचारिक भ्रमण गर्ने भएकी छिन्। भण्डारी म्यानमारबाटै जापान जान लागेकी हुन्।

राष्ट्रपति भण्डारीले जापानका नयाँ राजा नारुहितोको राज्याभिषेक समारोहमा सहभागी हुन जापान जान लागेकी हुन्। जापानमा कात्तिक ५ गते नयाँ राजाको राज्याभिषेक समारोह आयोजना गरिएको छ।

राष्ट्रपति भण्डारीले कात्तिक ३ गते म्यानमारबाट जपान प्रस्थान गर्दै जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता गर्नेछिन्। भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग जापानमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति भण्डारीसँग भ्रमणमा गृहमन्त्री रामबहादुर थापा समेत सहभागी हुने मन्त्रालयले जनाएको छ। भण्डारी कात्तिक ६ गते नेपाल फर्कनेछिन्।

परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयले बिहिबारसम्म भ्रमणबारे कुनै जानकारी नभएको बताएको थियो।




भर्खरै