१२ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान राष्ट्रियसभाः शोक प्रस्ताव पारित २३ वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट मदन भण्डारी राष्ट्रिय पुरस्कार रमेश रुछेन राईलाई लागुऔषध नियन्त्रण तथा रोकथामका लागि छुट्टै विभाग स्थापना गर्ने सोचमा छौँः गृहसचिव श्रेष्ठ मधेस प्रदेशमा विनियोजन विधेययक माथिको छलफल असार १७ देखि
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनसम्बन्धी अनुसन्धान प्रतिवेदनमा कारबाही सिफारिस गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्योः एमाले सांसद झाँक्री



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले गत वर्षको २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनसम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्रबाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाएकी छिन् ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा उनले यस्तो आपत्ति जनाएकी हुन् । अब मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा बहस गर्नुपर्ने उनको भनाइ छ । उनले जेनजी आन्दोलको क्रममा भएको विध्वंशको छानविन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने बताइन् ।

उनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा आयोग गठन गरी सुनियोजित रुपमा देश जलागउने कार्यमा संलग्नहरुलाई कारबाही गर्नुपर्ने बताइन् ।

उनले भनिन्, “मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा अब बहस हुनुपर्यो । र भदौ २३ र २४ गतेको घटनामा सरकारले एउटा छानविन आयोग बनाओस् । उक्त आयोग सर्वोच्च अदालतका वहालवाला न्यायाधीशको अध्यक्षतामा बनोस् । र भदौ २३ र २४ गतेको घटना सुनियोजित हिसाबले पूर्वतयारी गरेर कसले यो आन्दोलन चलाउनको लागि निर्देशन दियो, निर्णय गर्यो र फिल्डमा गएर देश जलाउने काम गर्यो ? यी देश जलाउनेहरु, देश द्रोहीहरुलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ । र नेपालको स्वाभिमान माथि उठाउनुपर्छ । हामी चुप लाग्नु हुँदैन । अब गरिबहरु पनि उठ्नुपर्छ । किनभने यो सरकार मध्यम वर्ग र विदेशी दलालहरुको मात्र कुरा गरिरहेको छ ।”

उनले सरकार मध्यम वर्ग र विदेशी दलालहरुको मात्र कुरा गरिरहेको आरोप लगाउँदै न्युन आय भएका र गरिबको रेखामुनि भएको समुदाय सरकारविरुद्ध खरो रुपमा उभिनुपर्ने समेत बताइन् ।