काठमाडौँ। मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भावनात्मक प्रतिक्रियाभन्दा तथ्य र आत्मसमीक्षालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली समाज भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्तिमा रहेको उल्लेख गर्नुभयो । उहाँले पश्चाताप, करुणा, अहंकार र आवेगका विषय जीवनको अभिन्न अंगको रुपमा लिँदै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘भावनात्मक रुपमा हामी नेपालीहरु अलि छिटो भावुक हुन्छौँ । र भावनात्मक भएर नै प्रतिक्रिया दिईहाल्छौँ । तथ्य आफैं बोल्छ भनेझै किताबमा थपिएको पश्चाताप र करुणाले भरिएको छ ।
उहाँले एक ठाउँमा भन्नुभएको छ, उहाँले अर्को दुई कुरा अहंकार र आवेगको पनि कुरा गर्नुभएको छ । त्यही पश्चमताप उहाँले गर्नुभयो र अहिलेसम्म पनि गरिरहनुभएको छ । त्यही पीडाबोध उहाँमा छ ।’
उहाँले विगतको आत्मसमिक्षा गर्दै सही मार्गमा हिड्न सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।–न्युज एजेन्सी नेपाल












