१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल



अ+ अ-

गण्डकी। गण्डकी प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा आर्थिक मामिला, स्वास्थ्य मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश लोकसेवा आयोग, प्रदेशसभा सचिवालयलगायत विभिन्न प्रतिष्ठान एवं निकायसँग सम्बन्धित विनियोजन शीर्षकमा छलफल भएको छ ।

छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले बजेट निमार्णमा भएका कमीकमजोरी सच्याउँदै बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले बजेट विनियोजनका सबल र सुधार गर्नुपर्ने पक्षबारे आफ्ना धारणा राख्नुभएको थियो ।

प्रदेशसभा सदस्य कुसुम बुढा पुन, चम्पादेवी खड्का, फणिन्द्र देवकोटा, रोशनबहादुर गाहा थापा, प्रकाश बराललगायतले विनियोजन विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो । बैठकको विशेष समयमा विपक्षी दलका नेता हरिबहादुर चुमान र राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता पंचराम गुरुङले बजेटसहित समसामयिक विषयवस्तुमा आफ्ना भनाइ राख्नुभएको थियो ।

नेता चुमानले सङ्घीय संरचनालाई थप सुदृढ बनाउनुपर्ने बताउनुभयो । नेता गुरुङले बजेट निर्माणमा मन्त्रीहरूबाट समन्वय नभएको बताउनुभयो । टुक्रे र वितरणमुखी बजेटले अपेक्षित उपलब्धि हासिल नहुने उहाँको भनाइ छ ।

विनियोजन विधेयकअन्तर्गत मन्त्रालयत शीर्षकमाथिको छलफल मङ्गलबारदेखि सुरु भएको थियो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्य चम्पादेवी खड्का, फणिन्द्र देवकोटा र श्यामराजा महतले समसामयिक विषयमा धारणा राख्नुभएको थियो ।

आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले गत शुक्रबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आगामी आवको सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सामान्य छलफल सकिएपछि मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल सुरु भएको हो ।

गण्डकी प्रदेश सरकारले यही असार १ गते रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको थियो । विनियोजन विधेयकमाथि प्रदेशसभामा छलफल जारी छ । रासस