१२ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न बारेकोटलाई रु २३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण सबै सञ्चारमाध्यमले समान रूपमा विज्ञापनको अधिकार पाउनेछन्ः मुख्यमन्त्री कार्की सवारी दुर्घटना न्यूनीकरण गर्न १६ लाख बढीलाई ट्राफिक सचेतना दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ ऊर्जामन्त्री श्रेष्ठद्वारा जलविद्युत् आयोजना र गलेश्वर पहिरो क्षेत्रको निरीक्षण शुक्रबार समूह चरणका निर्णायक खेल हुँदै : एमबाप्पे र हाल्यान्ड भिड्दै रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान गण्डकी प्रदेशसभा : मन्त्रालयगत विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान



अ+ अ-

मस्को। युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान गरेको मस्कोले जनाएको छ । यो चार वर्ष लामो युद्धमा भएको पछिल्लो युद्धबन्दी आदान–प्रदान हो ।

रूसी रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा भनेको छ, “युक्रेनबाट १६० जना रूसी सैनिकहरू फिर्ता भएका छन् र बदलामा १६० जना युक्रेनी युद्धबन्दीहरूलाई फिर्ता पठाइएको छ ।”

सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युद्धबन्दी फिर्ता तथा मारिएका सैनिकहरूको शव आदान–प्रदान मस्को र किएभबीचको थोरै सहयोगका क्षेत्रहरूमध्ये एक बनेको छ ।

“फिर्ता भएका रूसी सैनिकहरू हाल बेलारुसमा छन्,” रूसी मन्त्रालयले जनाएको छ।

उक्त आदान–प्रदानमा संयुक्त अरब इमिरेट्स (युएई) ले मध्यस्थता गरेको पनि मन्त्रालयले बताएको छ ।

युक्रेनले भने तत्काल यस आदान–प्रदानबारे कुनै प्रतिक्रिया वा पुष्टि गरेको छैन ।(रासस/एएफपी)