१३ असार २०८३, शनिबार
,
Latest
तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन



अ+ अ-

काठमाडौँ। मुलुकमा सुशासन, पारदर्शिता र जवाफदेहिताको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘पारदर्शी समाज’ गठन गरिएको छ ।

पूर्वराजदुत दीपकुमार उपाध्यायको अध्यक्षतामा समाज गठन गरिएको हो । समाजको सदस्यहरुमा वासु दाहाल, सन्तोष गिरी, सोमबहादुर थापा र मुमाराम खनाल रहेका छन् । संस्थाले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक निकायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउन नागरिकस्तरबाट खबरदारी गर्ने जनाएको छ ।

समाजले भ्रष्टाचारजन्य घटनाका बारेमा तथ्यमा पुगेर अध्ययन, अनुसन्धान गर्ने जनाएको छ । अध्ययन तथा अनुसन्धान गरेका प्रतिवेदनहरु सार्वजानिक गर्न समाजले ‘पारदर्शीसमाज डट ओआरजी’ नामक वेवसाईट पनि सार्वजानिक गरेको छ । वेबसाइट सार्वजानिक कार्यक्रममा अध्यक्ष दीपकुमार उपाध्यायले भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सुशासनबिना मुलुकको अवस्था सुधार हुन नसक्ने बताउनु भयो ।

भ्रष्टाचार र कमजोर सुशासनका कारण नेपालको आर्थिक अवस्था निकै कमजोर बनेको उहाँको भनाई छ । उहाँकाअनुसार पहिले ऋणको साँवा–ब्याज तिर्न र साधारण खर्च धान्न करिब २ खर्ब रुपैयाँ ऋण लिनुपर्ने अवस्था थियो तर हाल बढेर ४ खर्ब रुपैयाँसम्म पुगेको छ । आम्दानी नबढ्ने तर खर्च मात्रै बढ्ने गरेका कारण देशमा आर्थिक संकट आएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘हिजोसम्म नेपालको एउटा राजनीतिमा फ्रन्ट लाइन पोलिटिक्समा एउटा मेजर एक्टरकै रुपमा काम गरेकोले हामीले क्षमा नै माग्नुपर्छ । आज जति ठूलो गफ गरेपनि मुलुकको आर्थिक अवस्था कमजोर बनेको छ, विद्वान अर्थमन्त्रीले पनि स्वीकारेका छन् । बजेट देखाउने मात्रै हो, यो खुम्चिँदै खुम्चिँदै गइसक्यो । हिजोसम्म २ खर्ब रुपैयाँ ऋण लिएर लिएका ऋणका सावाँ व्याज तिर्न र साधारण खर्च हाम्रो खर्च गर्नलाई लाग्थ्यो भने अब ४ खर्ब ऋण नलिइकन त्यो हाम्रो चाहिँ पूर्ति हुँदैन । यो झन् बढ्ने क्रममा छ । अब आम्दानी बढ्दैन, खर्च घट्दैन । हामी यस्तो अस्वस्थ अवस्थामा पुगेका छौँ । जति ठूलो कुरा गरेपनि, जति विकासका भाषण गरेपनि अब तपाईंलाई ऋण पत्याउनेले पत्याउन्जेल त ऋण लिने हो । त्यसको पनि लिमिटेसन हुन्छ । देशको अवस्था आर्थिक रुपबाट अत्यन्तै जर्जर अवस्थामा पुग्यो । त्यो कारण के हो भन्दा भ्रष्टाचार ।’

पूर्वसचिव द्वारिकानाथ ढुङ्गेलले नेपालमा पारदर्शिता र सुशासनको अवस्था कमजोर रहेको बताउनु भयो । अन्तर्राष्ट्रिय सूचकांकहरूले पनि त्यसलाई पुष्टी गरेको उहाँको भनाई छ । अझै पुराना कानूनी संरचना र कार्यशैलीमा मुलुक सञ्चालन भइरहेकोले पनि पारदर्शिता सुनिश्चित हुन नसकेको उहाँले उल्लेख गर्नुभयो । उहाँले सरकारको कार्यसम्पादन नियमावलीलाई पूर्ण रूपमा पारदर्शी बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो । राष्ट्रिय सुरक्षासँग सम्बन्धित सीमित विषयबाहेक अधिकांश सरकारी निर्णय र त्यससँग सम्बन्धित कागजात सार्वजनिक हुनुपर्ने उहाँको भनाई छ । तर नेपालमा सूचना माग्दा समेत सम्बन्धित निकायबाट सहज रूपमा उपलब्ध नहुने अवस्था रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुलुक समग्रमा सुशासनको दृष्टिकोणले राम्रो स्थितिमा छैन, त्यो अन्तर्राष्ट्रिय तथ्याङ्कहरूले बताइरहेको छ । पारदर्शिताको दृष्टिकोणले हामी उही आर्काइक कानून पद्धतिको आधारमा काम गरिरहेका छौँ, जबसम्म कार्यसम्पादन नियमावली एउटा पारदर्शी हुँदैन, तबसम्म जसलाई जे मन लाग्छ, त्यही गरिदिए भएको छ । राष्ट्रिय सुरक्षाका कुरा मात्रै एक प्रकारले गोप्य राखिन्छ, अरु सबै सार्वजानिक गर्नपर्छ । केही वर्षदेखि मन्त्रीपरिषद्का निर्णयहरु तुरुन्तै आउने गरेका छन् तर क्याबिनेट डिसिजन इटसेल्फ इज नट सफिसिएन्ट । त्यो डिसिजनको लागि कस्ता डकुमेन्टहरू गए ? त्यो डकुमेन्टहरू हामीलाई पढ्न दिनुपर्यो नि । म गएर डकुमेन्ट पढ्न देऊ भन्दा दिँदैनन् ।’

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका सन्र्दभमा पनि समाजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटना र तथ्यहरुलाई आधारमा अध्ययन अनुसन्धान गरिरहेको जनाएको छ । –न्युज एजेन्सी नेपाल