१३ असार २०८३, शनिबार
,
Latest
निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा पछिल्लो २४ घण्टामा सर्पदंशबाट एक जनाको मृत्यु, १० घाइते पेस्तोल र गोलीसहित दुई युवक पक्राउ स्वर्गद्वारीका उपमेयर सवार गाडी दुर्घटना रेनुका नगरकोटी सर्वाेत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित सरकारलाई सुकुम्बासीको चेतावनी–‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’ वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ मनसुनमा जाग्ने ढोरपाटनः सिकार पर्यटनबाट दिगो पर्यटनतर्फको यात्रामा चर्को गर्मीसँगै कञ्चनपुरका चुरे फेदीका बस्तीमा खानेपानीको अभाव श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा १८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न (फोटो फिचर)



अ+ अ-

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं. १७, धोविचौरमा एक समारोहका बीच सामूहिक ‘कुमारी पूजा’ सम्पन्न भएको छ ।

वडा कार्यालयको आयोजना तथा स्थानीय के.के. महिला समूहको समन्वयमा आयोजित उक्त कार्यक्रममा १८८ जना बालबालिकाको सहभागिता रहेको थियो ।

नेवार समुदायको मौलिक परम्परा र संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सहभागी बालबालिकाहरूलाई कुमार र कुमारीका रूपमा विधिपूर्वक पूजन गरिएको थियो ।

बालबालिकामा रहेको पवित्रता, शक्ति र दैवी स्वरूपको सम्मान गर्ने धार्मिक तथा सांस्कृतिक विश्वासका साथ यो पूजा आयोजना गरिएको हो ।

सहभागी बालबालिकालाई परम्परागत विधिअनुसार पूजा गरी टीका, प्रसाद र सम्मान प्रदान गरिएको थियो । सहभागी अभिभावकहरूले बालबालिकालाई आफ्नो जरा र संस्कृतिसँग जोड्ने यस्तो पहलको प्रशंसा गरेका छन् ।

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल