१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु



अ+ अ-

प्यूठान। प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

उपप्रमुख रानाले आज नगरपालिकाको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप गाडी आफैँ चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिनुभयो ।

स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसाल सडक खण्डमा स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा नगरपालिकाको बोलेरो पिकअप जिप खाल भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनाग्रस्त गाडी सडकदेखि झण्डै ४०० मिटर तल खसेकाले थियो । उक्त गाडीलाई क्रेनको सहायताले तानेर उद्धार गरिएको र उपप्रमुख रानालाई उद्धार गरी उपचारका लागि भिङ्ग्री अस्पतालमा लगिएकामा स्वास्थकर्मीले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।