१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित



अ+ अ-

पेरिस। युरोपका विभिन्न भागमा शनिबार कम्तीमा १९ करोड ३० लाख मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।

जर्मनीमा मात्र करिब ७ करोड ५० लाख व्यक्ति उच्च तापक्रमका कारण प्रभावित भएका थिए ।

एएफपीले प्राप्त गरेको तथ्याङ्कको विश्लेषण अनुसार उष्ण लहर पूर्वतर्फ सर्दै गरेकाले यो सङ्ख्या शुक्रबारको तुलनामा बढेको अनुमान गरिएको छ ।

टर्की बाहेकका युरोपमा शनिबार ४० करोड ४० लाखभन्दा बढी मानिसले ३० डिग्री सेल्सियसभन्दा माथिको अधिकतम तापक्रमको सामना गर्नेछन्, जुन शुक्रबारको तुलनामा केही कम हो ।

जर्मन मौसम विज्ञान सेवाको पूर्वानुमान र संयुक्त अनुसन्धान केन्द्रको सन् २०२५ जनसङ्ख्या प्रक्षेपणमा आधारित एएफपीको यो विश्लेषण अस्ट्रियन एनजीओ ‘क्लिमाड्यासबोर्ड’ को तथ्याङ्कसँग मिल्दोजुल्दो छ। रासस