१४ असार २०८३, आईतवार
,
Latest
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज… मुलुकभर अत्यावश्यक खोपको अभाब: मन्त्रालयले अग्रसरता लिएन रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्य बनाएको भन्दै संसदमा प्रश्न नेसनल प्याब्सन कास्कीद्वारा अङ्ग्रेजी भाषा शिक्षणसम्बन्धी कार्यशाला सम्पन्न प्रधानमन्त्रीको अभिव्यक्ति र उपाध्यक्ष पौडेलको पक्राउप्रति एमाले सांसद कँडेलको आपत्ति इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प प्रतिनिधि सभा बैठक सुरु हुनासाथ विपक्षीको विरोध २५ वर्षदेखि थन्किएका वैदेशिक रोजगार ठगीका हजारौँ फायल डिजिटलाइज गर्दै विभाग सुनचाँदीको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै



अ+ अ-

भोजपुर। भोजपुरको तेजिङ-हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल निर्माण सुरु भएसँगै स्थानीयवासीमा उत्साह थपिएको छ ।

साल्पासिलिछो गाउँपालिका-६ मा अवस्थित उक्त खोलामा निर्माण भइरहेको पुलको हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

वर्षौंदेखि जोखिमपूर्ण रूपमा खोला तर्दै आएका स्थानीयका लागि यो पुल दीर्घकालीन समाधानका रूपमा हेरिएको स्थानीय खगेन्द्र राईले बताउनुभयो । उहाँका अनुसार विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा आवतजावत गर्न जोखिम हुने गरेको थियो । “पुल नहुँदा खाद्यान्न ढुवानीदेखि दैनिक आवतजावतसम्म समस्या थियो । अब पुल बनेपछि सहज हुने आशा गरेका छौँ”, उहाँले भन्नुभयो ।

पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार कोशी प्रदेश सरकारको करिब रु चार करोड ९४ लाख ४५ हजार ४५६ लागतमा पुल निर्माण भइरहेको छ । हालसम्म पिलरसहित विभिन्न संरचनात्मक कामहरू सम्पन्न भइसकेका छन् ।

एक स्पानमा निर्माण भइरहेको पुलको लम्बाइ ३५ मिटर रहनेछ भने फुटपाथसहित चौडाइ आठ दशमलव चार मिटर हुने उहाँले जानकारी दिनुभयो । ‘ओपन फाउन्डेसन प्रविधि’मा निर्माण भइरहेको उक्त पुलले साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने कार्यालय प्रमुख रेड्डीले विश्वास व्यक्त गर्नुभयो ।

यसअघि पुल अभावका कारण विद्यार्थी, ज्येष्ठ नागरिक, बिरामी तथा गर्भवतीलाई आवागमनमा समस्या हुनाका साथै दैनिक उपभोग्य वस्तु ढुवानीमा सास्ती हुँदै आएको थियो ।

वर्षायाममा खोला तर्नै नसकिने अवस्था हुँदा दैनिक जीवन प्रभावित हुने गरेको स्थानीय डिल्लीराम बस्नेतले बताउनुभयो । पुल निर्माण सम्पन्न भएपछि यहाँ उत्पादित कृषि उपजको सहज बजारीकरणसँगै व्यापार व्यवसायमा सहजता हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

विसं २०८२ असोजमा निर्माण सम्झौता भएको उक्त पुल विसं २०८४ असोजसम्म सम्पन्न गर्नेगरी समय निर्धारण गरिएको छ । पुल निर्माणको जिम्मा कोसेली-नौलाखा-जय गोविन्द जेभीले लिएको छ । रासस




भर्खरै