२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरएनए सम्मेलन भित्रै घम्साघम्सी, निर्वाचन नै स्थगित



अ+ अ-

काठमाडौं । एनआरएनए सम्मेलनमा हुलदंगा हुँदा निर्वाचन स्थगित गरिएको छ । एनआरएनएको नवौँ अधिवेशन चलिरहेको पाँचतारे होटेल हायातमा बुधबार निर्वाचनको तालिका थियो । साँझ ५ बजेदेखि मतदान हुने भनिए पनि ८ बजेसम्म सुरु नभएपछि सहभागीहरू हुलदंगामा उत्रिए ।

प्रहरीले हस्तक्षेप गरेर हुलदंगा नियन्त्रण गरेको थियो । त्यसको केही समयपछि मतदान सुरु भयो । तर, विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै फेरि रोकियो । बिहीबार बिहान १० बजेबाट मतपत्रमै मतदान गर्ने गरी प्रक्रिया स्थगित भएको एनआएनएका अध्यक्षका उम्मेदवार कुमार पन्तले बताए । नयाँ पत्रिका दैनिकबाट