२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाको सचिवालय बैठक सुरु, मन्त्रीमण्डल फेरबदल मुख्य एजेण्डा



अ+ अ-

काठमाडौं । पार्टी एकताको अन्तिम टुंगो लगाउन र नयाँ नियुक्त हुने मन्त्रीका विषयमा छलफल गर्न अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ। मंगलबार बसेको बैठकले अन्तिम निर्णय गर्न नसकेपछि बालुवाटारमा आज बिहान पुन बैठक बोलाइएको हो।आजको बैठकमा मन्त्रीमण्डल फेरबदलसँगै सभामुख चयनका विषयमा पनि छलफल हुने नेकपाका एक नेताले बताएका छन्।

०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएर नेकपा बनेपनि एकता प्रक्रिय अझै टुंगिएको छैन। चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण लगत्तै सोमबार बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो। त्यसपछि मंगलबार साँझ सचिवालयको बैठक बसेको थियो।

झण्डै दुई घण्टा बसेको मंगलबारको बैठकले बुधबारको बैठकका एजेण्डा तय गर्नुका साथै चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको समीक्षा पनि गरेको थियो। बैठकले पार्टी एकता प्रक्रियाको अन्तिम टुंगो लगाउने नयाँ मन्त्री चयनको विषयमा निर्णय गर्ने नेकपा स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ६ देखि ८ जना मन्त्री हटाएर नयाँ ल्याउने तयारी गरिरहेका छन्। नेपाल समाचारपत्र दैनिकबाट