१० असार २०८३, बुधबार
,
Latest
यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनका राष्ट्रपतिको भ्रमणले नेपालको अन्तर्राष्ट्रिय छवि अभिवृद्धि



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विदेश मामिला विभागले चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण सफल हुनुले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गरेको जनाएको छ ।

विभागले आज गरेको समीक्षामा राष्ट्रपति सीको भ्रमण फलदायी भएको र यसले दीर्घकालीन महत्व राख्ने तथा नेपालको विकासमा कोशेढुङ्गा सावित हुने निष्कर्ष निकालिएको विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

विभागका प्रमुख पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्वका शक्तिशालीमध्येको एक मुलुकका राष्ट्र प्रमुखको भ्रमण गराउन सक्ने क्षमता नेपालमा रहेको भरपूररुपमा देखाएको ठहर गर्दै विभागले यस भ्रमणले देशमा लगानीको वातावरण, छिमेकी र अन्तर्राष्ट्रिय चासो बढाउनाका साथै नेपाल पर्यटन वर्ष २०२० लाई पनि योगदान दिएको बैठकमा बताउनुभयो ।

भ्रमणका क्रममा भएका दुईपक्षीय र महत्वपूर्ण सम्झौताहरुको कार्यान्वयनका लागि सरकारको सम्बन्धित निकायले तदारुकता देखाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । समीक्षामा उपप्रमुखद्वय राम कार्की र रिजालका साथै डा युवराज सङ्ग्रौला, मिलन तुलाधर, डा रुपक सापकोटा र मात्रिका पौड्याललगायत सहभागी हुनुहुन्थ्यो ।