१६ असार २०८३, मंगलवार
,
Latest
चितवनमा ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना जुम्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा जलवायु अनुकूलनमा नेपाललाई १ अर्ब ३३ करोड अनुदान, ६० हजार घरधुरी लाभान्वित रास्वपाले अद्यावधिक केन्द्रीय सदस्यको अन्तिम नामावली सार्वजनिक, पूजा बास्तोला र ध्रुव थापा मगर थपिए दुई सातामै उठ्यो ४२ करोड बढी बक्यौता, भाडा नतिर्ने उद्योगको लाइन काटियो सुनको मूल्य एकैदिन तोलामा ४ हजार ५०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तो मध्यपूर्व युद्धविराम पछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट रुट इजाजत विवादमा ट्रक व्यवसायीको जित, सर्वोच्चद्वारा रिट जारी टोखा र पालुङटारको सहकार्य सुरु, रैथाने उत्पादनदेखि पर्यटन प्रवर्द्धनसम्म साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

६८औँ संसद दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संसदलाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गौतमले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको भन्ने जनगुनासोप्रति आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँका अनुसार संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउन जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्न आवश्यक छ ।

प्रक्रियागत र प्राविधिक विषयहरू कार्यव्यवस्था परामर्श समिति वा अन्य अनौपचारिक छलफलमार्फत टुङ्ग्याउन सकिने भन्दै उहाँले संसदको समय जनसरोकारका विषयमा मात्र खर्चिनुपर्ने बताउनुभयो ।

“जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुन्छ र त्यही कोषबाट संसदको खर्च चल्छ,” उहाँले भन्नुभयो, “त्यसैले सांसदहरूले प्राप्त गरेको एक मिनेट समय पनि जनताका मुद्दामाथि बहस गर्नमै केन्द्रित गर्नुपर्छ ।”

उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी, सेवा प्रवाह र जनताका अन्य समस्याको समाधानका विषयमा सरकारलाई जवाफदेही बनाउने गरी व्यापक बहस हुनुपर्ने बताउनुभयो ।

मन्त्री गौतमले संसदको गुणस्तर खस्किनुको कारणबारे सांसदहरूले स्वयं मनन गर्नुपर्ने उल्लेख गर्दै संसदमा प्रयोग हुने भाषा, उच्चारण गरिने शब्द र पोशाकदेखि लिएर हरेक कुरामा मर्यादा आवश्यक रहेको बताउनुभयो ।

“यदि हामी संसदको मान राख्छौँ भने त्यो मर्यादा आफ्नै व्यवहारबाट कायम गर्नुपर्छ,” उहाँले भन्नुभयो, “त्यसरी नै संसद मर्यादित र यसको गरिमा उच्च रहेको पुष्टि हुन्छ ।”

उहाँले संसद जनताको सर्वोच्च थलो भएकाले यस संस्थाको गरिमा जोगाउने दायित्व सांसदहरूको आचरणबाट देखिनुपर्ने बताउनुभयो । साथै, संसदको मर्यादा कायम राख्न आफू व्यक्तिगत रूपमा शतप्रतिशत प्रयत्नशील रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।