काठमाडौं । सुर्खेतबाट कालिकोटको रास्कोटतर्फ जाँदै गरेको बुलबुले यातायात प्रालिको भे १ ख १०५५ नम्बरको गाडी दैलेख जिल्लाको डुङ्गेश्वर गाउँपालिका नजिक साङ्गेता भन्ने स्थानबाट कर्णाली नदीमा खसेको छ।
दुर्घटनापछि स्थानीयवासी, प्रहरी तथा सम्बन्धित निकाय उद्धार कार्यमा जुटेका छन्।
गाडीमा सवार यात्रुको संख्या, हताहतीतथा दुर्घटनाको कारणबारे आधिकारिक विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।












