१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत



अ+ अ-

काठमाडौं । सरकारले शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा नियमावली (१०औँ संशोधन) स्वीकृत गर्ने निर्णय गरेको हो।

यसअघि शिक्षा नियमावलीको नवौँ संशोधन २०७७ फागुन ३ गते गरिएको थियो। करिब पाँच वर्षपछि सरकारले नियमावलीमा पुनः संशोधन गर्दै १०औँ संशोधन स्वीकृत गरेको हो।