२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायतमा भेटियो कारजत्रो कनखजुरो



अ+ अ-

लण्डन । उत्तरी इङ्गल्याण्डमा अहिलेसम्मको सबैभन्दा ठूलो कनखजुरोको जीवाश्म फेला परेको छ । यो कनखजुरो कार जत्रो आकारको छ र टाउकोदेखि पुच्छरसम्म ८.९ फिट लामो छ। कनखजुरोको यो जीवाश्म ३२ करोड ६० लाख वर्ष पुरानो भएको बताइएको छ । यो आर्थ्रोप्लेउरा नर्थम्बरल्याण्डको होविक बे समुद्र तटमा फेला परेको हो । यो नयाँ खोजपछि यो सबैभन्दा लामो कनखजुरो बनेको छ ।

यी कनखजुरो प्राचीन कालमा समुद्री बिच्छी थिए । आर्थ्रोप्लेउराको जीवाश्म सबैभन्दा पहिला सन् २०१८ जनवरीमा पाइएको थियो । होभिक बेको तटमा ढुङ्गामा खसेपछि यो कनखजुरा आफैँ ढुङ्गा जस्तै भएको छ। युनिभर्सिटी अफ क्याम्ब्रिजका विज्ञ नील डेभिसले यो पूर्ण खोज जस्तै भएको बताए । ढुङ्गा खसेपछि खुल्ला ठाउँमा चिरा देखिन थालेसँगै पूरै जीवाश्म देखिएको उनले बताए ।

कनखजुरा फेला पर्नु आफैँमा दुर्लभ

डेभिसका अनुसार एक पूर्व विद्यार्थीले त्यहाँ हुँदै जाँदा पहिलो पटक सो जीवाश्म देखेका थिए । सो जीवाश्मलाई मे २०१८ मा ढुङ्गाबाट निकालिएको थियो। यसका लागि टोलीले सबै अनुमति लिएको थियो। डेभिसले भने, “यो अविश्वसनीय खोज हो, जीवाश्म अत्यन्त ठूलो छ र यसलाई उठाउन चार जनाको सहयोग लिनुपरेको थियो, यसको जाँचका लागि क्याम्ब्रिज ल्याइयो ।” अनुसन्धान टोलीले उक्त जीवाश्म प्राचीन नदीमा जम्मा भएको फोहोरमा सुरक्षित रहेको पत्ता लगाएको थियो ।

डेभिसका अनुसार यस्तो कनखजुरो पाउनु आफैँमा दुर्लभ हो । उनले अहिलेसम्म सो जीवाश्मको टाउको प्राप्त नभएको बताए । जसका कारण उनीहरुको बारेमा सबै कुरा थाहा पाउन निकै कठिन हुन्छ । यो खोजले यो पनि देखाउँछ कि यी कनखजुराहरु तट नजिकैको खुला काठ क्षेत्रहरूमा ठूलो सङ्ख्यामा रहेका छन्। उक्त जीवाश्मलाई नयाँ वर्षका लागि प्रदर्शन गरिएको छ ।