२० असार २०८३, शनिबार
,
Latest
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश



तस्बिर: एपी
अ+ अ-

काठमाडौँ। कोलम्बिया फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकाको कान्सास सिटी खेलमैदानमा आज भएको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । उनले खेलको १४औँ मिनेटमा लुइस स्वारेजको पासमा गरेको एक गोल नै कोलम्बियाका लागि निर्णायक सावित भयो । अब कोलम्बियाले क्वाटरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्नेछ ।

यस खेलसँगै विश्वकपको अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लागेको छ । जसमा अर्जेन्टिना, अमेरिका, क्यानडा, मोरक्को, पाराग्वे, फ्रान्स, ब्राजिल, नर्वे, मेक्सिको, इङ्ग्ल्यान्ड, पोर्चुगल, स्पेन, बेल्जियम, इजिप्ट, स्विट्जरल्यान्ड र कोलम्बिया रहेका छ्न् ।