२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी विभाजन र आन्तरिक निराशाले ‘पपुलिजम’ मौलायोः महासचिव पोखरेल



अ+ अ-

काठमाडौँ: नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्रको अन्तरसङ्घर्ष, विभाजनबाट उत्पन्न निराशाका कारण मुलुकमा ‘पपुलिजम’ को उदय भएको बताउनुभएको छ ।

शनिवार ललितपुरमा आयोजित ‘एमाले पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महासचिव पोखरेलले नेकपा एमालेबाट नयाँ पुस्ता मात्र नभई सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता समेत टाढिँदै गएको स्वीकार गर्नुभयो ।

उहाँकाअनुसार भदौ २३ गतेको घटनालाई जुन रूपमा चित्रण गरियो, त्यसले महिलाहरूको मानवीय संवेदनशीलतालाई उद्वेलित बनाएका कारण पार्टीलाई सधैँ साथ दिने दिदीबहिनी तथा आमाहरू समेत टाढिएका छन् ।

महासचिव पोखरेलले नेकपा गठनका समयमा जनतामा जगाइएको आकांक्षा पूरा हुन नसक्नु, पार्टीभित्रको तिब्र अन्तरसङ्घर्ष, नेकपाको विघटन र एमालेको विभाजन नै वर्तमान राजनीतिक निराशाको मुख्य कारण भएको औंल्याउनु भयो ।

उहाँले पार्टी विभाजनका क्रममा एकले अर्कालाई लगाएका आरोप–प्रत्यारोपले आम जनतामा नकारात्मक सन्देश गएको र त्यही जगमा आजको ‘पपुलिजम’ जन्मिएको विश्लेषण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नयाँ पुस्ता पनि हामीबाट टाढिएको कुरा सत्य नै हो । नयाँ पुस्ता मात्रै होइन, सामाजिक सुरक्षासँग जोडिएको पुरानो पुस्ता पनि यस पटकको निर्वाचनमा हामीसँग रहेन । यतिसम्म कि २३ गतेको घटनाका कारण आम रूपमा दिदीबहिनी र आमाहरू पनि हाम्रा साथमा रहेनन् । जुन प्रकारले २३ गतेको घटनाको चित्रण गरियो, त्यसले आमाहरूको मानवीय संवेदनशीलतालाई यति धेरै उद्वेलित बनायो कि सधैँभरि हामीलाई माया गर्ने र साथ दिनेहरू पनि हामीबाट टाढा भए । वर्गीय हिसावले भन्नुहुन्छ भने आधारभूत तहका जनता पनि हामीबाट टाढिए। चाहे त्यो भूमिहीन सुकुम्बासीको कुरा गर्नुहोस् वा मजदुरको कुरा गर्नुहोस्। यतिसम्म कि नेकपा एमालेको बलियो आधारका रूपमा रहेका विदेशमा बस्ने प्रवासी नेपालीहरू, जसले लामो समयसम्म नेकपा एमालेका पक्षमा काम गरे, उनीहरू पनि पछिल्ला दिनहरूमा एमालेबाट टाढिएका छन् भन्नेकुरा हामी सबैलाई थाहा छ । तर म कमरेडलाई के कुरा बताउन चाहन्छु भने, नेकपा गठनका समयमा हामीले जागृत गरेको आकाङ्क्क्षा, नेकपाभित्रको अन्तरसङ्घर्ष, नेकपाको विघटन र त्यसपछि एमालेको विभाजनका कारण उत्पन्न भएको निराशा नै आजको पपुलिजमको जन्मको एउटा महत्वपूर्ण आधार हो । त्यस अर्थमा हामीले के बुझ्नुपर्छ भने, आज पपुलिजम किन जन्मियो? यसको एउटा प्रमुख कारण नेकपा गठन, नेकपाभित्रको अन्तरसङ्घर्ष, नेकपाको विघटन र त्यसपछि नेकपा एमालेको विभाजनका क्रममा एकले अर्कामाथि लगाइएका आरोप–प्रत्यारोप हुन् ।’

पार्टीलाई पुनः जनस्तरमा स्थापित गर्न र गुमेको जनविश्वास फर्काउन जागरण अभियानको विशेष महत्व रहने उहाँले उल्लेख गर्नुभयो ।

–न्युज एजेन्सी नेपाल