२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राष्ट्रपतिको भ्रमणको भव्य तयारी छ: प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको बताएका छन् । चौँसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमण सफल बनाउन सबैभन्दा पहिले त नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

“हामी आज यस्तो बेलामा छौँ, जति बेला एउटा शक्तिशाली देशका राष्ट्रपति नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ, भ्रमणको सफलताका लागि भव्य तयारी गरिएको छ, हामी विकासको मार्गलाई तीव्रताका साथ अगाडि बढाउने उद्देश्यका साथ विभिन्न लक्ष्यलाई ध्यानमा राखेर अगाडि बढिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भने ।

एउटा शान्तिपूर्ण र विकासको बाटामा तीव्रताका साथ अगाडि बढेर विश्वको ठूलो अर्थतन्त्र र महान्शक्ति राष्ट्र बन्न सफल चीनका राष्ट्रपति आउन लाग्नुभएकाले सुरक्षा निकायले पनि आफ्ना क्षेत्रबाट तयारी गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले नेपालबाट विदेश भ्रमणका जाँदा पनि सुरक्षा निकायको भूमिका महत्वपूर्ण रहने स्मरण गरे । प्रधानमन्त्री ओलीले प्राकृतिक विपत्ति हुँदा, सामाजिक सद्भाव खल्बलिन खोज्दा र सांस्कृतिक विचलन हुन खोज्दा पनि नेपाल प्रहरीको भूमिका उल्लेखनीय रहेको बताए ।