२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले नागरिकका वास्तविक समस्या समाधानभन्दा सामाजिक सञ्जालमा लोकप्रिय बन्ने प्रयासलाई प्राथमिकता दिएको आरोप लगाएका छन्।

आइतबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सरकारका सय दिन र १०० बुँदे कार्यक्रमको समीक्षा गर्दै उनले सरकारको ध्यान जनताको जीवन सुधारभन्दा ‘लाइक’ बटुल्नेतर्फ केन्द्रित भएको टिप्पणी गरे।

उनले भूमिहीन र दलित समुदायको समस्या समाधान राज्यको जिम्मेवारी भए पनि उचित वैकल्पिक व्यवस्था नगरी डोजर चलाएर बस्ती हटाउने काम गरिएको भन्दै त्यसलाई प्रक्रियाविपरीतको कदम बताए। संविधान निर्माणका क्रममा दलित र भूमिहीनको अधिकार सुनिश्चित गर्न गरिएको छलफल स्मरण गर्दै उनले ती अधिकारको सम्मान हुनुपर्नेमा जोड दिए।

“यो सरकारलाई लाइफभन्दा लाइकको चिन्ता बढी छ। जनताको जीवनसँग जोडिएका विषयभन्दा लोकप्रियताको खोजी भइरहेको देखिन्छ,” उनले भने।

थापाले दलित समुदायसँग सरकारले माफी माग्ने निर्णयलाई भने सकारात्मक कदमको रूपमा स्वागत गरे। साथै, प्रधानमन्त्रीले सिंहदरबारबाटै शासकीय सुधारका काम अघि बढाउन थालेको विषयलाई सामान्य देखिए पनि सुशासनतर्फको सकारात्मक संकेतका रूपमा व्याख्या गरे।

सरकारको सय दिनको कार्यसम्पादनको समीक्षा गर्दै थापाले लोकप्रियतामुखी शैलीभन्दा नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन सरकारलाई आग्रह गरे।




भर्खरै