२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन



अ+ अ-

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले होटल, रेष्टुरेन्ट, मिठाइ पसल, चमेना गृह, क्याटरिङ, भोजनालय लगायत खाद्य पदार्थ तयार गरी बिक्री–वितरण गर्ने व्यवसायीलाई खाद्य स्वच्छता र गुणस्तरका मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

विभागले सोमबार जारी गरेको सूचनामा पछिल्लो समय होटल, रेष्टुरेन्ट तथा अन्य खाद्य व्यवसायमा खाद्य स्वच्छता, गुणस्तर र सरसफाइसम्बन्धी उजुरी तथा जनगुनासो बढ्दै गएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सूचनाअनुसार खाद्य पदार्थ उत्पादन, तयारी तथा बिक्री–वितरण गर्ने सबै व्यवसायीले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम तोकिएका दायित्व अनिवार्य रूपमा पालना गर्नुपर्नेछ। साथै, ऐनको दफा ९ को उपदफा (२)(क) अनुसार सम्बन्धित स्थानीय तहबाट खाद्य व्यवसाय सञ्चालन अनुमति लिएर मात्र कारोबार गर्न विभागले आग्रह गरेको छ। अनुमति नलिई वा ऐन विपरीत व्यवसाय सञ्चालन गरे कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि विभागले दिएको छ।

विभागका अनुसार खाद्य व्यवसायीले तोकिएको मापदण्डअनुसारका खाद्य पदार्थ उपलब्ध गराउनुपर्ने, खाद्य पदार्थको प्रकृतिअनुसार बिक्री कक्ष वा सोकेसमा आवश्यक तापक्रम र आर्द्रताको व्यवस्था गर्नुपर्ने, खाद्य पदार्थ तयारी तथा वितरण हुने स्थान सधैं स्वच्छ राख्नुपर्ने तथा खाद्य पदार्थको पहिचान पद्धति (ट्रेसबिलिटी) कायम गर्नुपर्ने दायित्व रहेको छ।

त्यस्तै, खाद्य स्वच्छता कायम राख्न व्यवसायीले कामदार, कच्चा पदार्थ र व्यवसायिक परिसरको नियमित सरसफाइ गर्नुपर्ने, स्वच्छ तथा गुणस्तरीय पानी र कच्चा पदार्थ मात्र प्रयोग गर्नुपर्ने, खाद्य पदार्थ राम्रोसँग पकाउनुपर्ने, पकाएको र नपकाएको खाद्य पदार्थ छुट्टाछुट्टै राख्नुपर्ने तथा सुरक्षित तापक्रममा खाद्य पदार्थ संरक्षण गर्नुपर्ने विभागले जनाएको छ।

विभागले सबै खाद्य व्यवसायीलाई उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै कानुनले तोकेका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।