२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शी देखिएको बताउनुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । शेयर स्वामित्व लुकाएको आरोपपछि गृहमन्त्री सुदन गुरुङले राजीनामा दिनुभएको र उक्त प्रकरणमा छानविन समितिको प्रतिवेदन आएपनि अहिलेसम्म सार्वजनिक हुन नसकेको बताउनु भयो ।

पटक–पटक उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरे पनि सरकारले निरन्तर लुकाउने काम गरिराखेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘वर्तमान सरकार पारदर्शिताका नारा दिएर सत्तामा पुगेको हो । तर सरकार पूर्णतः अपारदर्शी देखिएको छ । शेयर स्वामित्व लुकाएको आरोपपछि तत्कालीन गृहमन्त्री ज्यूले राजीनामा दिनुभएको हो । त्यसप्रति गठित छानबिन समितिको प्रतिवेदन आजसम्म सार्वजनिक गरिएको छैन । हामीले पटक–पटक उक्त प्रतिवेदन सार्वजनिक गर्न माग ग¥यौँ तर सरकारले निरन्तर लुकाउने काम गरिराखेको छ । प्रतिवेदनमा के निष्कर्ष आयो ? कसलाई जिम्मेवार ठहर गरियो ? र के कारबाही सिफारिस गरियो भन्ने विषय जनतासम्म ल्याइएको छैन । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपको स्वतन्त्र निष्पक्ष र उच्चस्तरीय छानबिनको माग गरेको थियो । तर सरकार सत्य बाहिर ल्याउनभन्दा विषयलाई ढाकछोप गर्नतर्फ उन्मुख देखियो ।’

उहाँले आफ्नै मन्त्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न नसक्ने सरकारको कार्यशैली सुशासन, पारदर्शिता, नैतिकता र जनविश्वास माथि गम्भीर प्रश्न खडा गरेको छ गम्भीर प्रश्न उठेको बताउनु भयो ।