२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले वर्तमान सरकारको सय दिनको कार्यकाल सन्तोषजनक नरहेको टिप्पणी गर्नुभएको छ ।

सोमवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता केसीले सरकार गठनका समयमा जनतामा देखिएको आशा र विश्वास पछिल्लो सय दिनमा क्षयीकरण हुँदै गएको बताउनुभएको हो ।

सरकारले अघि सारेका सय बुँदे कार्यक्रममध्ये झन्डै ३७–३८ बुँदाभन्दा बढी कार्यान्वयनमा आउन नसकेको दाबी गर्नुभयो ।

उहाँले बाँकी विषयहरू शुन्य अवस्थामा रहेको उल्लेख गर्नुभयो । लोकतन्त्रमा परिणाम मात्र नभई प्रक्रिया पनि विधिसम्मत हुनुपर्नेमा जोड दिँदै नेता केसीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति र प्रक्रियालाई निरन्तर बेवास्ता गरेको आरोप लगाउनु भयो ।

नेता केसीले प्रधानमन्त्रीको संसदप्रतिको जवाफदेहितामाथि प्रश्न पनि उठाउनु भयो । प्रधानमन्त्रीले संसद्मा व्यक्त गर्नुभएको धारणा आधिकारिक हुने स्मरण गराउँदै उहाँले जेठ १७ गतेदेखि उठिरहेका प्रश्नहरूको पाँच हप्तासम्म पनि जवाफ नआउनु दुःखद् भएको बताउनु भयो ।

प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्ना धारणा स्पष्ट पार्नुपर्ने वा त्रुटी सच्याउनुपर्नेमा त्यसो नगरेर संसद्को अपमान गरेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल