२३ असार २०८३, मंगलवार
,
Latest
नक्कली भुटानी शरणार्थी प्रकरण: टोपबहादुरका छोरा सन्दीपसहित ६ जनाले पाए सफाइ पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप १४ वर्षसम्म पनि अधुरो कमला पुल निर्माण, सास्ती भोग्दै स्थानीय नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर कांग्रेसको नीति प्रतिष्ठानमा आठ सदस्य मनोनित म्याग्दीमा दुई जिप दुर्घटना हुँदा ९ जना घाइते, एकको अवस्था गम्भीर युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास इन्डोनेसिया–भारतबीच रक्षा र रणनीतिक सहकार्य विस्तार गर्ने सहमति दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलाली भेटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा : सञ्चारमन्त्री डा तिमिल्सिना



अ+ अ-

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सूचनाको हक मन्त्रालयको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घ केन्द्रीय समितिका पदाधिकारी एवं केन्द्रीय सदस्यहरुसँगको आजको भेटमा उहाँले सूचनाको हक संरक्षण र संवर्द्धनमा मन्त्रालयले काम गरिरहेको जानकारी गराउनुभयो । सूचनाको हकसम्बन्धी ऐन, २०६४, नियमावली २०६५ र यससम्बन्धी अन्य कानुनले व्यवस्था गरेका संयन्त्रलाई चुस्तरुपमा परिचालन गरी यस क्षेत्रमा काम गरिने मन्त्री तिमिल्सिनाको प्रतिबद्धता छ ।

सुशासनको मुख्य एजेण्डामा सरकारले काम गरिरहेकाले सूचनाको हकका माध्यमबाट भ्रष्टाचार न्यूनीकरणमा उपयोग गर्ने गरी व्यवस्था गरिने उहाँले सुनाउनुभयो । राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु गर्न लागिएको पनि मन्त्री तिमिल्सिनाको भनाइ छ ।

महासङ्घका अध्यक्ष उमीद बागचन्दले साङ्गठनिक रुपमा देशभर भइरहेका गतिविधिका बारेमा जानकारी गराउँदै राष्ट्रिय सूचना आयोग लामो समयदेखि पदाधिकारीविहीन भएकाले छिटो पदाधिकारी नियुक्त गर्न माग गर्नुभएको थियो ।

महासङ्घको प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, उपाध्यक्ष दुर्गा तिवारी, महासचिव पूर्णप्रसाद मिश्र, केन्द्रीय सदस्य अभिमन्यु नेपाल, वाग्मती प्रदेश समितिका महासचिव भीम लामा, काठमाडौँ जिल्ला अध्यक्ष विनोद बस्नेतलगायतको उपस्थिति थियो ।