२४ असार २०८३, बुधबार
,
Latest
प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग कैलालीमा बिमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा सरकारले दृष्टिविहिन नागरिकको लागि तत्काल रोजगारीको प्रवन्ध गर्नुपर्दछः हर्कराज राई किसानको अनुभव र आधुनिक ज्ञानलाई मिलाएर कृषि क्षेत्रमा नयाँ इनोभेसन विकास गर्नुपर्छः का.मु. कार्यकारी निर्देशक… सभामुखको निर्देशनपछि सांसद राईको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइने अनियमित मनसुन र बढ्दो तापक्रमले हिन्दूकुश क्षेत्रमा आकस्मिक बाढीको जोखिम चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु नार्कको वर्तमान कार्यशैलीले संस्थालाई सही दिशामा लैजान सक्दैनः मन्त्री चौधरी आज दिउँसो ३:३० बजे मन्त्रिपरिषद् बैठक बस्दै खानेपानी क्षेत्रमा नीतिगत सुधार सुरु, २ वर्षभित्र काठमाडौंमा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु



अ+ अ-

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रालयमा सेवा लिन आउने सेवाग्राहीको सहज पहुँच सुनिश्चित गर्न आजदेखि ह्वीलचेयर सेवा सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले शारीरिक रूपमा हिँडडुल गर्न कठिनाइ भएका व्यक्ति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा आवश्यकताअनुसार अन्य सेवाग्राहीलाई लक्षित गर्दै मन्त्रालय परिसरभर ह्वीलचेयर सेवा उपलब्ध गराएको जनाएको छ।

सेवाग्राहीलाई सहज, सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको यस सेवाले सार्वजनिक सेवा प्रवाहलाई थप पहुँचयुक्त, समावेशी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।

यस व्यवस्थासँगै मन्त्रालयमा आउने सेवाग्राहीले आवश्यकता अनुसार ह्वीलचेयर प्रयोग गरी सहज रूपमा आफ्नो कामकाज सम्पन्न गर्न सक्नेछन्। विशेषगरी अपाङ्गता भएका व्यक्ति तथा शारीरिक रूपमा असहजता भएका नागरिकको सेवा पहुँचमा यसले महत्वपूर्ण सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

समावेशी शासन, समान पहुँच र नागरिकमैत्री सेवा प्रवाहप्रति सरकारको प्रतिबद्धताअनुरूप मन्त्रालयले यो पहल अघि बढाएको जनाएको छ। साथै, आगामी दिनमा पनि सेवाग्राहीको आवश्यकता र सुविधालाई केन्द्रमा राखेर सेवा प्रवाहलाई थप प्रभावकारी र पहुँचयुक्त बनाउने कार्यक्रम सञ्चालन गर्दै जाने मन्त्रालयले जनाएको छ।