२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाः उठेका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने माग



अ+ अ-

काठमाडाैँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाइएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन् ।

नेकपा (एमाले)का राजेन्द्रकुमार राईले आफूहरूले प्रतिनिधिसभाको नियमावलीमा भएको व्यवस्थाबमोजिम नै प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन माग गर्दै आएको जिकिर गर्नुभयो । उहाँले संवाद र सहमतिको वातावरण सृजना गर्न पनि आग्रह गर्नुभयो । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले यसअघिको पहिलो बैठकमा सांसद राईले सभामुखलाई लक्षित गरी बोल्नुभएका शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गर्नुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का परशुराम तामाङले नेपालले कुनै पनि मुलुकको सीमा मिच्ने कुनै काम नगरेको र छिमेकीसँगको मित्रता कायम गर्दै आएकाले मिचिएको भूमि फिर्ताको माग गरेको बताउनुभयो ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिका विषयमा जवाफ माग गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा गालीगलौज गर्ने प्रवृत्ति बढेको र सरकारले सबैलाई समान रूपमा कारबाही गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटले बैठकमा उठेका विषयमा सदनमा आएर स्पष्ट पार्न सभामुखले गरेको प्रयास सार्थक नभएको टिप्पणी गर्नुभयो